Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाण्डाै – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन्।

तीन सातादेखि जारी निषेधाज्ञाले गर्दा हेटौंडाको औधोगिक क्षेत्र भित्र रहेका उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन्। औधोगिक क्षेत्रमा रहेका एक सय १२ वटा उद्योगमध्ये हाल करिव ६० वटा उद्योग घाटामा सञ्चालन भइरहेका छन्।

उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलका अनुसार सञ्चालनमा रहेका अधिकांश उद्योगले ३० देखि ४० प्रतिशतको क्षमतामा मात्रै उत्पादन गरिरहेका छन्। खाद्यान्न, दाना, दुध र निर्माणसम्बन्धी उद्योगहरु सञ्चालनमा रहेका पोखरेलले बताए। उनले स्थानीय उद्योगले पूर्णरुपमा उत्पादन ठप्प पार्दा बाहिरको उद्योगले स्थान पाउने हुँदा घाटामा भए पनि सञ्चालन भइरहेको बताए।

‘उद्योग सञ्चालन गरौ बजार माग छैन, बन्द गरौ अलिअलि माग पनि बाहिरको उद्योगले परिपूर्ति गर्दा पछि हामीलाई काम गर्न गाह्रो हुन्छ’ उनले भने,‘त्यसैले अहिले सञ्चालनमा रहेका उद्योगले दैनिक घाटा व्यहोरेर निम्न मात्रामा उत्पादन गरिरहेका छन्।’

उनले गत वर्षको लकडाउनको असरबाट भर्खरै उठ्दै गरेको उद्योगहरु फेरि यस वर्षको निषेधाज्ञाले थलिएको बताए। पोखरेलले निषेधाज्ञा केही समयको लागि थपिएमा धेरै उद्योगहरु सधैको लागि बन्द हुने अवस्थामा पुगेको बताए।

उद्योगबाट उत्पादन हुने उत्पादकत्वका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिमा समेत समस्या हुदा उद्योगहरु सबै तिरबाट मारमा परेको पोखरेलले गुनासो गरे। अधिकांश उद्योगहरूले आवश्यक कच्चा पदार्थ छिमेकी मुलुक भारतबाट आउने गर्दछन् । तर अहिले भारत पनि कोरोनाबाट ग्रसित हुदा कच्चा पदार्थ पनि पाउन नसकेको उद्योगीहरुले गुनासो गरे।

उद्योग बन्द रहेपनि बैंकले व्यवसायीलाई पैसा तिर्न ताकेता गरिरहेका छन्। अधिकांश उद्योग ऋणमा सञ्चालित छन्। गतवर्ष लामो समयसम्म भएको लकडाउनले गर्दा औधोगिक क्षेत्रका करिव १२ वटा उद्योग सधैको लागि बन्द भएका छन्। खुलेका उद्योगहरु पनि फेरि यस वर्षको निषेधाज्ञाले गर्दा बन्द हुने अवस्थामा पुगिसकेका छन्।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले उद्योग सञ्चालन गर्दा कर्मचारी तथा मजदुरलाई उद्योग परिसरभित्रै राख्न अथवा उद्योगकै गाडी सञ्चालन गरी कर्मचारी ल्याउने लाने व्यवस्था गर्न भनेको छ। त्यस्तैगरी थोरै कर्मचारीलाई मात्रै दुरी कायम गर्दै काममा लगाउन पनि भनेको छ। जसअनुसार हाल सञ्चालित उद्योगले दैनिक १२ घण्टा तीन सिफ्टमा कर्मचारीलाई काममा राखेको छ।

पोखरेलले तीन वटा सिफ्टमा उद्योग चलाउन पनि समस्या भइरहेको उद्योगीहरुले सुनाए। हाल औधोगिक क्षेत्रमा रहेका ठूला उद्योगहरु हेटौंडा दुध उत्पादन, एन्टार्टिक बिस्कुट, खजुरी प्रा.लिं, एसियन पेन्टस्, बर्गर पेन्टस्, एमएम पोलिमस, यति पोलिनियम, गोर्खा लहारी लगायत सञ्चालित छन्। कर्मचारी संख्या र उत्पादनको आधारमा ठूला मानिएका ति उद्योगहरुमा हाल १० देखि २० प्रतिशत मात्रै कर्मचारी कार्यरत छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया