Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाण्डाै – निर्यातमा नयाँ रेकर्ड कायम भएको छ । नेपालले १ खर्ब बढीको सामान निर्यात गरेको छ । चालु आर्थिक वर्षको (साउन देखि बैशाख) १० महिनासम्म निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको हो ।

निर्यात बढेसँगै नेपालको वैदेशिक व्यापार घाटा थोरै भएपनि साँघुरिन मद्यत पुगेको छ । यो वर्ष वस्तु निर्यातमा तेल जन्य पदार्थ प्रमुख रहेको भन्सार विभागले जनाएको छ ।
भटमासको तेल, कफी चिया र कार्पेटको निर्यातमा वृद्धि भएको छ । आइरन र स्टिलको निर्यात पनि बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालको वैदेशिक व्यापार डेनमार्क, इथोपिया,  होन्डुरस, आइल्याण्ड सहित २७ देशसँग नाफामा रहेको छ ।

मुलुकमा आयात बढ्दै गएपछि त्यसको अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकले बर्षेनी व्यापार घाटा बेहोर्दै आएको छ । देशको व्यापारघाटा झण्डै बार्षिक बजेट बराबर नै पुगिसकेको छ । चौथो योजनाको लक्ष्य अनुसार पन्ध्रौं योजनाको अन्तिमसम्म मुलुकको निर्यात बढाएर १ खर्ब ८४ अर्ब पु-याउने प्रक्षेपण गरिएको थियो । सो अवधिमा आयातलाई १५ खर्ब ६७ अर्ब पुग्ने प्रक्षेपण गरिएको थियो । तर पन्ध्रौं योजनाको शुरु तिरै मुलुकले १ खर्ब बढी निर्यातको व्यापार गर्न सकेको छ । सरकारले बढ्दो आयात कम गर्न विलासिताका वस्तु आयातमा नियन्त्रण गर्ने निति समेत लिएको छ । आयातदर बढ्दै जादा मुलुकको व्यापारघाटा चुलिँदै गएपछि सरकारले विलासिताका वस्तुको परिमाणत्मक बन्देज समते लगाउन थालेको छ ।

सरकारले २०६४ सालदेखि १ खर्ब निर्यात पुर्याउने लक्ष्य लिएको थियो ।  भएपनि उक्त लक्ष्य अनुसार निर्यात गर्न सकेको थियो । २०६४/६५ मा पहिलो त्रिवर्षीय योजनाको आधारमा १ खर्ब लक्ष्य लिएपनि सो वर्षमा ५८ अर्बमा सिमित भई २०६६÷६७ मा पनि ६१ अर्बमा सीमित भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया