Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेपछि ८ खर्ब रुपैयाँ बराबरका विकासे आयोजना अलपत्र परेका छन् । सरकारले आवत-जावतमा रोक लगाएपछि निर्माणजन्य सामग्री नहुँदा आयोजनाको काम ठप्प भएकोहो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आयोजनाको कामलाई सुचारु गराउन महासंघले निरन्तर पहल गरेको थियो । तर, त्यो सम्भव नभएपछि चालु अवस्थामा रहेका सम्पूर्ण आयोजनाको निर्माण रोकिएकोनेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले बताए । कतिपय आयोजना निर्माण सम्पन्न हुने चरणमा थिए । ती आयोजनाको पनि समय लम्बिने अवस्था भइसकेको छ ।

यसअघिको लकडाउन र निषेधाज्ञाका कारण समयमै सम्पन्न हुन नसकेका कतिपय आयोजनाहरू अहिले पूरा हुने अवस्थामा पुगेका थिए । ती आयोजनाको काम पनि रोकिएको उनको भनाइ छ । कोरोनो संक्रमणको दर उच्च हुँदै गए पनि निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगहरू बन्द छन् । उद्योगीले आफ्ना कर्मचारीलाई उद्योगभित्रै राखे पनि सरकारले ढुवानी बन्द गरेपछि त्यसको असर आयोजनामा परेको हो ।

‘ढुवानी गर्न पाइँदैन । उत्पादित सामान एक आयोजनास्थलसम्म लैजान नसक्ने बित्तिकै उत्पादन गर्नुको कुनै अर्थ छैन । गोदामको पनि सीमित क्षमता हुन्छ,’ नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले भने, ‘माग शून्यमा झर्ने बित्तिकै उत्पादन स्वतः घट्छ । यदि कुनै उद्योगको स्टोरेज क्षमता बढी भएमा उनीहरूले उत्पादन गरेर गोदाममा राख्न सक्छन् ।’

सरकारको निषेधाज्ञाका कारण राष्ट्रिय गौरवका आयोजनादेखि स-साना गरी ७ हजार आयोजनाको कामसमेत रोकिएको छ । एकातिर आवश्यक सामग्री ढुवानी गर्न सकिएको छैन भने अर्कोतिर कामदार पनि आयोजनास्थलसम्म पुर्‍याउन नसकिएको पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया