Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालका कोरोना संक्रमणबाट ५० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभर ५० जना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५७९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९१९६ नयाँ संक्रमित थपिएका छन् । जसमा ९०२३ जना पिसिआर परीक्षणबाट र १७३ जना संक्रमित एन्टिजेन परीक्षणबाट पुष्टि भएका हुन् । सरकारको तथ्याङ्कअनुसार शुक्रवार अपराह्णसम्म देशभरि ७८,६२९ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन् ।

तीमध्ये ५,८६० जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ । अहिले पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन् ।

तपाईको प्रतिक्रिया