Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – विश्वमा सबैभन्दा पहिले कोरोना खोप बनाएको रुसले फेरि पहिलो ‘सिंगल डोज’वाला खोप बनाएर देखाएको छ । अहिलेसम्मका कोरोना खोप दुई डोज लगाउनुपर्ने खालका मात्र छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस अवस्थामा रुसले एक डोज मात्र लगाउँदा मात्रा पूरा हुने ‘स्पुतनिक लाइट’ खोप बनाएको हो । यो प्रयोगका लागि अनुमति समेत प्रदान गरिसकिएको त्यहाँका स्वास्थ्य अधिकारीले बिहीबार जानकारी दिएका हुन् ।

रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का अनुसार यसअघिको दुई मात्रा लिनुपर्ने स्पुतनिक-भीको प्रभावकारिता ९१.६ प्रतिशत छ भने अहिलेको एक मात्रा लगाउनुपर्ने ‘स्पुतनिक लाइट’ ७९.४ प्रतिशत प्रभावकारी देखिएको छ ।

रुसले पहिले बनाएको स्पुतनिक-भी खोपकै एक मात्रा मात्र लिँदा पुग्ने अर्काे संस्करण ‘स्पुतनिक लाइट’ विकास गरेको हो । यसले महामारी रोक्नमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसको मूल्य प्रतिडोज १० डलर अर्थात् नेपाली रुपैयाँ ११८० भन्दा कम पर्ने आरडीआईएफले जनाएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया