Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – कोरोनाको दोस्रो लहरका कारण नेपालमा गम्भीर बिरामीहरुको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा ९ हजार भन्दा धेरै संक्रमित थपिँदा भेन्टिलेटर र आइसियुमा पुग्ने संक्रमित पनि दिनदिनै बढिरहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहीबारसम्म देशभर साढे आठ सयभन्दा बढी कोरोना संक्रमित आइसीयु र भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार अक्सिजन आवश्यक परेकासहित ६५२ जना आइसियु र अझै गम्भीर बिरामी परेका २०१ जना भेन्टिलेटरमा उपचाररत छन् । यी दुवै गरी ८५२ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

बुधबार यो संख्या ७५६ थियो । तर एक दिनमै कोरोनाका गम्भीर बिरामी सय हाराहारी थपिएका छन् । बिहीबार नेपालमा ५४ जना संक्रमितको ज्यान गएको छ ।

यस्तो छ विवरण
मन्त्रालयका अनुसार प्रदेश १ मा १०७ जना आइसीयु र १७ भेन्टिलेटरमा उपचाररत छन् । उता प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा उपचाररत छन् । संघीय राजधानी रहेको बागमती सबैभन्दा धेरै गम्भीर बिरामी छन् । यहाँ ३४९ जना आइसियु र १२५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा ३८ जना आइसियु र १३ जना भेन्टिलेटरमा उपचार गरिरहेका छन् । लुम्बिनी प्रदेशमा ७७ जना आइसियु र २० जना भेन्टिलेटरमा छन् । कर्णालीमा ३३ जना आइसियु र १२ जना भेन्टिलेटरमा छन् । उता सुदूरपश्चिम प्रदेशमा २४ जना आइसियु र १२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया