Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – नेपाली सेनाले स्वास्थ्य सेवाबाट अवकाशप्राप्त सेनालाई सेवामा फर्काउने तयारी थालेको छ । सेनाले स्वास्थ्य क्षेत्रबाट अवकासप्राप्त सेनालाई सेवामा फर्किनका लागि तयार रहन निर्देशन दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालमा बढिरहेको कोरोना संक्रमण रोकथामका लागि नेपाली सेनाले थप भूमिका निर्वाह गर्नुपर्ने पूर्वानुमान गर्दै अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई बोलाउने तयारी गरेको हो ।

जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ सालभन्दा पछाडि अवकाश पाएका स्वास्थ्यकर्मीलाई बोलाउन सक्ने जनाएको छ । ‘राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरिएको छ’, सेनाले भनेको छ ।

सरकारले नेपाली सेनालाई एक हजार बेड कोभिड संक्रमितको उपचारका लागि तयार गर्न निर्देशन दिएको जनाएको छ । सेनाले यसअघि पनि आफ्ना विभिन्न अस्पतालमा संक्रमित सर्वसाधारणको उपचारका लागि बेड छुट्याइसकेको छ । तर त्यहाँ उपचार भने शुरु भइसकेको छैन ।

वीरेन्द्र सैनिक अस्पताल, नेपालगञ्ज, पोखरा र इटहरीमा दुई-दुई सय र धनगढी र वर्दिबासमा एक-एक सय शैंया सेनाले कोभिडको उपचारका लागि तयार गरिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया