Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – नेपालमा कोरोना संक्रमण बढेसंगै पोखरामा जापनिज कम्पनीको मास्क उपहार स्वरुप प्रदान गरेको छ । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ३५ हजार थान मास्क प्रदान गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त कम्पनी जापानको कित्ता नागोयामा रहेको छ । पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रम मार्फत कम्पनीका अध्यक्ष शोगो अदाचीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई उक्त मास्क हस्तान्तरण गरेका हुन् । नेपालमा जापानिज भाषा कक्षा सञ्चालन गरिरहेको मेइहोकु ट्रेनिङको कम्पनीले पोखरा महानगरपालिकालाई करिब १७ लाख रुपैयाँ बराबरको ३५ हजार थान मास्क उपलब्ध गराएको मेइहोकुका अध्यक्ष अदाचीले जानकारी गराए ।

उक्त कम्पनी नेपालमा स्थापनाको लागी सहजीकरण गरेका जापानको नागोयास्थित चुबु युनिभरसिटिमा कार्यरत डा सुदिप अधिकारीका अनुसार उक्त जापनिज कम्पनी यसअघि पनि नेपालमा विभिन्न सामाजिक कार्यमा क्रियाशिल छ । नेपालमा कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेको अवस्थामा यसले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने उनको भनाई छ । त्यस्तै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले जापानको यस्तो सहयोगले नेपाल र नेपालीको मन जितेको बताए ।

उक्त जापनिज कम्पनीले नेपालबाट रोजगारीको सिलसिलामा जापान आउन लागेका नेपालीलाई जापनिज भाषा कक्षा र जापानमा आवश्यक पर्ने शीपमूलक तालिम प्रदान गरिरहेको छ । त्यसै कम्पनी मार्फत तालिम लिएका पछिल्लो समय मात्र नेपालबाट केयर किपरको रुपमा २ दर्जन नेपालीहरु जापानको नागोयामा कार्यरत रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया