Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाण्डाै – नेपालमा पनि कोरोना भाइरसको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भेटिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशमै पहिलोपटक कोरोनाको डबल म्युटेन्ट भेरएन्ट फेला परेको हो।

ललितपुरबाट संकलित नमुना परीक्षण गर्दा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ देखिएको महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्।

‘भारतमा पत्ता लागेको र भारतले भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा नगरिसकेको डबल म्युटेन्ट भेरिएन्ट ललितपुरबाट संकलन गरिएको नमुनामा पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार डा. पौडेलले भने, ‘पछिल्लो समयमा नेपालमा संक्रमणमा वृद्धि हुनुमा पनि बेलायतमा पत्ता लागेको भेरिएन्ट मुख्य रूपमा जिम्मेवार छ।’

उनका अनुसार एउटै भाइरस परिवर्तन भएर दुई स्वरूप देखापर्नु डबल म्युटेन्ट भेरिएन्ट हो। यो भेरिएन्ट तीव्र गतिले फैलिने तथा कडा संक्रमण गर्ने खालको हो। कोरोनाको यो नयाँ प्रजाति खासगरी स्कुले बालबालिका उल्लेख्य संख्यामा देखिएको पौडेलले बताए।

निर्देशक पौडेलका अनुसार शंका लागेर जिनोम सिक्वेन्सिङका लागि १५ वटा नमुना हङकङस्थित प्रयोगशालमा पठाइएको थियो। त्यस क्रममा एक जनामा डबल म्युटेन्ट भेरिएन्ट भेटिएको हो।

ललितपुरका ती व्यक्तिले एक महिनाअघि स्वाब संकलन गराएका थिए। हकङकबाट रिपोर्ट आउन ढिला हुँदा ती व्यक्ति अहिले सम्पर्कमा नरहेकाले तुरुन्त उनको कन्ट्याक्ट ट्रेसिङ थालिने उनले बताएका छन्।

डा. पौडेलकाअनुसार हङकङमा परीक्षण गरिएका नमुनामध्ये काठमाडौंका ४, भक्तपुरका २, कास्कीका २, नुवाकोटका १ जनामा ‘यूके भेरिएइन्ट’ (बेलायतमा देखापरेको नयाँ प्रजाति) पुष्टि भएको छ। ती व्यक्ति धेरैजसो २१ देखि ५९ वर्षसम्मका छन्। नमुना लिएकामध्ये दार्चुलाका एक जनामा भने नयाँ भेरिएन्ट पुष्टि नभएको उनले बताए।

नेपालमा पछिल्लो समय कोरोनाबाट हुने संक्रमण तथा मृत्युको दर ह्वात्तै बढेको छ। उता भारतमा केही दिनयता लगातार २४ घण्टामा लाखभन्दा बढीको संख्या संक्रमण पुष्टि भइरहेको छ। मृत्युको दर पनि बढेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया