काठमाडौं – पछिल्ला दिन भारतमा फेरि कोरोनाभाइरस संक्रमितको संख्या निकै बढ्न थालेको छ । भारतको छत्तिसगढ पनि अब कोरोनाभाइरसको हब बन्न थालेको छ ।
भारतमा लगातार बढिरहेका कोरोनाभाइरस संक्रमितको संख्या छत्तिसगढमा पनि बढिरहेको छ । कतिसम्म भने यो राज्यको राजधानी रायपुरको कुनै पनि अस्पतालमा अब बिरामीका लागि शैय्या खाली रहेको छैन ।
भारतीय पत्रकारहरुले विभिन्न मिडियामा लेखेको रिपोर्टअनुसार अस्पतालमा बिरामीहरु इत्रतत्र जताततै लडिरहेका छन् । कतिसम्म भने घाटमा शव जलाउने ठाउँ समेत अहिले भेटिन छाडेको त्यहाँका मिडियाहरुमा आएको रिपोर्टमा उल्लेख गरिएको छ ।
पछिल्ला केही साता यता त्यहाँ दैनिक सयौँ कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् ।