काठमाडौं – यो साता शेयर बजारमा रू. ३७ अर्ब ६० करोड ५० लाख ३ हजार बराबरको शेयर कारोबार भएको छ । गत साताको भन्दा यो साता कारोबार रकम रू. १३ अर्ब ५९ करोड ११ लाख ७५ हजारले बढी भएको हो । गत साताको चार कारोबार दिनमा रू. अर्ब १ करोड ३८ लाख २८ हजार बराबरको शेयर कारोबार भएको थियो ।
यो साता कारोबार कित्ता पनि बढेको छ । गत साता ४ करोड २१ हजार ७४ कित्ता शेयर कारोबार भएकोमा यो साता ८ करोड १ लाख ५ हजार ३७१ कित्ता शेयर कारोबार भएको छ । कारोबार कित्ता गत साताको भन्दा यो साता ३ करोड ३० लाख ८४ हजार २९७ कित्ता बढी भएको हो । पछिल्लो समय शेयर बजारले सकारात्मक लय समाएसँगै कारोबार रकमले पनि साथ दिएको देखिन्छ ।
यो साताको तीन कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक र दुई कारोबार दिन अपर तामाकोशीको सर्वाधिक रकमको कारोबार भएको छ । पहिलो, तेस्रो र चौंथो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक र दोस्रो र पाँचौ दिन अपर तामाकोशीले सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको स्थान ओगटेका हुन् ।