Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – पछिल्लो समय बैंकहरुले धमाधम प्रिपेड डलर कार्ड जारी गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेसँगै बैंकहरुले धमाधम डलर कार्ड जारी गर्न थालेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्र बैंकको यसअघिको व्यवस्था अनुसार डलरमा खाता भएकाले मात्रै विदेशमा डलरमा भुक्तानी गर्न सक्थे । तर, अब राष्ट्र बैंकले सहज व्यवस्था गरेपछि बैंकहरु यस्तो कार्ड जारी गर्न आकर्षित देखिएका हुन् । माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई, नबिल, एनएमबि, सिद्धार्थ, हिमालयन र सनराइज बैंकले यस्तो कार्ड जारी गरिसकेका छन् । अन्य बैंकहरुले पनि जारी गर्ने तयारीमा छन् ।

अनलाइनबाट खरिद गरिने विदेशी सामान तथा सेवाको शुल्क यसै कार्डमार्फत भुक्तानी गर्न पाइन्छ । अलिबाबा, अमेजन लगायत अनलाइन सपिङमार्फत खरिद गरिएको सामानको भुक्तानी कार्डबाट गर्न सकिने एनएमबि बैंकका कार्ड डिपार्ट प्रमुख मन्दिप भट्टराईले बताए । ‘नेटफ्लिक्सबाट फिल्म हेर्न चाहने वा शुल्क तिर्नुपर्ने अरु मनोरञ्जनात्मक कार्यक्रमको पनि कार्डबाटै भुक्तानी गर्न मिल्छ’ उनले भने ।

यस्ता छन् फाइदा
बैंकहरुले डलर कार्डको सुरुवात गरेपछि आम ग्राहकलाई निकै सहज हुने भएको छ । बैंकका ग्राहकहरुले अब विदेशमा कुनै सामान खरिद गर्नुप-यो भने सहज रुपमा डलरमा आफ्नै कार्डबाट भुक्तानी गर्न सक्ने भए ।

अनलाइनबाट गरिने विज्ञापन खर्चको शुल्क पनि कार्डमार्फत तिर्न सकिन्छ । यस्तो कार्डको प्रयोग गरी अनलाइनबाट प्रवाह हुने नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्विटर, वाट्सअपलगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्धन गर्न सकिन्छ ।

तर बैंकले उपलब्ध गराएको यस्तो डलर कार्डमार्फत विदेशी वस्तु तथा सेवाको खरिदको भुक्तानी बाहेक अन्य कारोबारका लागि भुक्तानी गर्न नपाइने व्यवस्था बैंकहरुले गरेका छन् ।

यसरी लिनुहोस् डलर कार्ड
बैंकहरुले जारी गर्ने यस्तो डलर कार्ड लिन सबैभन्दा पहिले सो बैंकमा खाता अनिवार्य रुपमा खोलिएको हुनुपर्नेछ । त्यस्तै, ग्राहकले केवाइसी समेत भरेको तथा अद्यावधीक गरेको हुनुपर्नेछ । ग्राहकले बैंकमा ग्राहक पहिचान पत्र समेत भरेको हुनुपर्नेछ ।

यसका साथै डलरकार्ड लिन प्यान नम्बर समेत अनिवार्य आवश्यक पर्छ । नयाँ ग्राहकले यस्तो कार्ड लिनुपरेमा सुरुमा बैंकमा खाता खोल्ने र केवाइसी भर्ने । त्यसका साथै प्यान नम्बर पनि लिने । त्यसपछि यस्तो कार्ड लिन सकिन्छ । यस्तो कार्ड लिँदा बैंकले निश्चित शुल्क लिन्छन् । बैंकहरुले लिने शुल्क भने फरक फरक हुन सक्नेछ ।

दुरुपयोग भए…
बैंकहरुले जारी गर्ने यस्तो कार्डको दुरुपयोग गर्न पाइने छैन । ग्राहकले अफ्नो खाता भएका सबै बैंकबाट यस्तो कार्ड लिएर सुविधा लिन पाउने छैनन् । ग्राहकले कुनै एक बैंकबाट मात्रै यस्तो कार्ड लिन सक्नेछन् ।

यदि ग्राहकले यस्तो कर्ड लिएर दुरुपयोग गरेको ठहरिएमा विदेशी विनिमय ऐन २०१९ अनुसार कारबाही गरिने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । राष्ट्र बैंकले गत चैत ८ गते एकिकृत निर्देशिका २०७६ मा संशोधन गर्दै भुक्तानी प्रयोजनको लागि ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको थियो ।

तपाईको प्रतिक्रिया