Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

                                                                    स्वेज नहरमा फसेकाे मालबाहक ‘इभर ग्रिन’ जहाज

काठमाडौं – इजिप्टको स्वेज नहरमा फसेको भीमकाय मालबाहक जहाज फस्दा विश्व अर्थतन्त्रमा प्रत्येक घण्टा ४६ अर्ब रुपैयाँभन्दा बढी घाटा भइरहेको अनुमान गरिएको छ । जहाज फसेका कारण प्रतिघण्टा ४० कराेड डलरबराबरको घाटा भइरहेको अनुमान गरिएको हो । जहाज फसेको आइतबार पाचौं दिन भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चीनबाट सामान बोकेर स्वेज नहर हुँदै नेदरल्याण्डको रोटेडम सहरको सामुद्रिक तटतर्फ जाँदै गरको जहाज तेज हावाको कारण लय गुमाएर नहरमा फसेको बताएएको थियो । चारसय मिटर लम्बाई र ५९ मिटर चौडाइको ‘इभर ग्रिन’ नामको जहाज फसेको हो ।

सन् १८६९ मा बनेको यो नहर १ सय ९३ किलोमिटर लामो छ । यो नहरले भूमध्य सागर र हिन्द महारागरलाई जोडेको छ । कतिपय स्थानमा नहरको चौडाइ जम्मा २ सय ५ मिटर मात्रै छ । उक्त नहरबाट सामान लिएर निस्कने तयारी गरिरहेका १८५ मालबाहक नहरमै जाममा परेका छन् । नहरमा ट्राफिक जामकै अवस्था सिर्जना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जलमार्गमा पर्ने नहरलाई जाम मुक्त पार्ने र जहाज निकाल्ने प्रयास जारी भएपनि सफलता हात पर्न सकेको छैन । जहाज फस्दा विश्वव्यापी पारवहन तथा व्यापारका लागि महत्वपूर्ण स्वेज नहर बन्द भएको छ ।

यसैबीच, स्वेज नहर प्राधिकरण अधिकारी लेफ्टिनेन्ट जनरल ओसामा राबेइका अनुसार उक्त विशाल जहाज नहरमा फस्नुको कारण तेज हावा मात्रै होइन । उनका अनुसार जहाज फस्नुमा मानवीय तथा प्राविधिक कमजोरीको आशंका गरिएको छ ।

एसिया र युरोपमा सामान लैजाने पनामाको ध्वजाबाहक जहाज मंगलबार नहरमा फसेको थियो । पोर्चुगलको एक कम्पनीले समुद्रमा उठ्ने लहर र डुँगाहरुको मद्तले जहाज निकाल्ने कोसिश गररहेको भए पनि सफलता कहिले प्राप्त हुन्छ भन्न सकिने अवस्था नरहेको खबरहरुमा उल्लेख गरिएको छ । –एजेन्सी 

तपाईको प्रतिक्रिया