Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन भन्दै सचेत गराएको छ । विभिन्न विदेशी नम्बरबाट मोबाइल, म्यासेञ्जर, भाइबर, ह्वाट्सएप आदिमा कल गरी चिठ्ठा परेको भन्दै ठगी गर्ने क्रम बढेपछि प्रहरीले यस्तो सचेत रहन आग्रह गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीले एक सूचना प्रकाशित गर्दै उपहार परेको प्रलोभनमा आईएमई मार्फत पैसा पठाउन लगाएर ठगी गरेको अभियोगमा ५३ हजार रुपैयाँ नगद सहित तीन जनालाई पक्राउ गरिसकेको छ । जसमा काठमाडौं महानगरपालिका ६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपककुमार दुबे लगायतका छन् ।

उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । ‘तपाईंलाई ठूलो रकमको चिठ्ठा परेको छ’ अथवा ‘तपाईंलाई पार्सल उपहार पठाएको छु’ भन्दै विभिन्न व्यक्तिहरुलाई उनीहरुले प्रलोभनमा पारेर ठगी गरेको प्रहरीको आरोप छ ।

त्यसक्रममा उनीहरुले उपहार तथा रकम प्राप्त गर्ने प्रक्रियाका लागि नेपालका विभिन्न बैंकको खाता नम्बरहरु दिएर केही रकम जम्मा गर्न लगाउने र त्यसपछि उक्त रकम झिकेर फरार हुने गरेको प्रहरीले जनाएको छ । यसरी ठगी गर्ने गिरोह विदेश तथा नेपाल दुवैतर्फ सक्रिय रहेका छन् ।

प्रहरीले कुनै पनि विदेशी वा अपरिचित नम्बरबाट कल आएमा तथा म्यासेञ्जरमा कसैले उल्लेखित व्यहोरा सहित सम्पर्क गरेमा प्रलोभनमा नपर्न आग्रह गरेको छ । ‘यस्तोमा कुनै रकम लेनदेन नगर्न तथा त्यस्तो फोन आएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त उजुरी दिन समेत अनुरोध गर्दछौं,’ प्रहरीको सूचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया