Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौँ – कोरोना भाइरस सक्रमणको जोखिमको कारण अहिले मास्क अपरिहार्य भएको छ तर एप्पलको आइफोनमा रहेको फेस अनलक सुविधालाई मास्कले समस्या भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जसको कारण एप्पलले आइओएस १४.५ को बिटा भर्जन रिलिज गरेको छ । यस अपडेटमा सबै भन्दा उपयोगी विशेषता भनेको अब मास्क लगाएर पनि आइफोनको फेस अनलक सेवा प्रयोग गर्न सकिनेछ । आइओएस १४.५ मा एप्पलले मोबाइलको थुप्रै बग्स फिक्स गरको छ । यस संगै ५ जीको सपोर्ट पनि जारी गरिएको छ ।

मास्क लगाएर कसरी फेस अनलक हुन्छ आइफोन ?
नयाँ अपडेटमा एप्पलले आइफोनमा मास्कको लगाएर पनि फेस अनलक हुने प्राणाली जडान गरेको छ तर यसमा समस्या छ ।

यसको समस्या भनेको मास्क लगाएर फेस अनलक गर्नको लागि एप्पलको स्मार्ट घडी (एप्पल वाच) लगाउनुपर्ने हुन्छ मतलब एप्पल वाच भएका मानिसले मात्र मास्क लगाएर फेसअनलक गर्न सक्नेछन् । एप्पल वाच अनलक भएपछि आइफोनमा हेर्नुपर्छ र आइफोन पनि अनलक हुन्छ ।

आइफोन अनलक भएपछि प्रयोगकर्ताको स्मार्टवाचमा भाइब्रेसन आउनेछ अनि मात्र प्रमाणीकरणको पुष्टि हुनेछ । आइओएस १४.५ को अपडेट पछि तुरुन्त यस फिचरले काम गर्ने छैन । यसलाई आफैंले (म्यानुअल रुपमा) सुचारु गर्नुपर्ने हुन्छ, तर एप्पलले अपडेटपछि पनि यस फेस अनलक तरिकाबाट मोबाइल अनलक बाहेक रकम भुक्तानी (पेमेन्ट) तथा अन्य महत्वपूर्ण काम नहुने बताएको छ ।

यस अपडेट सबैको लागि भने होइन, जो संग एप्पल वाच छ उसलाई मात्र यो काम लाग्ने छ । एप्पलले मास्क लगाएर फेसअनलक गर्ने समस्या समाधान गर्नको लागि यो पहिलो अपडेट भने होइन । यस भन्दा पाहिला पछिल्लो वर्ष एप्पलले एउटा अपडेट जारी गरेको थियो । उक्त अपडेटमा मास्क लगाएर फेसअनलक गर्ने प्रयास गर्दा फेस आइडीले तुरुन्त पासकोड माग गर्दछ । –एजेन्सी 

तपाईको प्रतिक्रिया