काठमाडौँ – अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको खोपको ठुलो मात्रामा गरिएको परिक्षणमा ७० प्रतिशत कोरोना संक्रमणबाट सुरक्षा दिने बताएको छ । फाइजर र मोर्डनाको ९५ प्रतिशत प्रभावकारी खोप पछि यस खोपको नतिजा निराशाजनक परिणाम हो ।
यी दुई खोपको तुलनामा अक्सफोर्डको खोप सस्तो छ र यसलाई संरक्षण गरेर राख्न पनि सजिलो छ । यदि यस खोपले स्वीकृति पायो भने यसले कोरोना महामारी नियन्त्रणमा ठुओ योगदान पुराउने विश्लेषण गरिएको छ । अक्सफोर्डका अनुसन्धानकर्ताले दशकौं अगाडीको खोप बनाउने प्रविधिबाट १० महिना अगाडी देखि खोप बनाउन शुरुवात गरको थियो । वेलायतको सरकारले अक्सफोर्डको खोपको सय मिलियन प्रि-अर्डर गरेको छ जसले ५० लाख मानिसलाई खोप लगाउन सकिने छ ।
यस खोपको वेलायत र ब्राजिलका २० हजार स्वयंसेवकमा यस खोपको परिक्षण गरिएको थियो । उक्त परिक्षणमा ३० जना मानिसलाई खोपको दुईवटा डोज दिनुपरेको थियो भने एक सय एक जना मानिसलाई नमुना खोप लगाइएको थियो । अनुसन्धानको प्रतिवेदन अनुसार खोप ७० प्रतिशत प्रभावकारी रहेको छ । पहिला आधा मात्र डोज दिइएको र पछि पुरा डोज दिइएको स्वयंसेवकहरुलाई भने खोपले ९० प्रतिशत प्रभावकारीता देखाएको थियो तर यसको कारण भने पत्ता नलागेको वैज्ञानिकहरुले बताएका छन् ।
वेलायतमा चार मिलियन मानिसलाई खोप लगाउने तयारी हुँदै छ र त्यसपछि ९६ मिलियन खोप लगाइने योजना रहेको छ । तर खोपले अनुमति प्राप्त नगरेसम्म यसको सुरक्षा र प्रभावकारिताको विषयमा तथा उत्पादनको बारेमा केहि भन्न नासकिने वैज्ञानिकहरुले जानकारी दिएका छन् । आउँदो हप्ता यस खोपको जाँच हुनेछ । वेलायतले भने खोपले अनुमति पाउनुभन्दा पहिला नै ठुलो जनसंख्यालाई खोप लगाउने तयारी गर्दैछ ।
जसमा सबैभन्दा पहिला केयर होममा रहेका वृद्ध मानिस र उनीहरुको रेखदेख गर्ने कर्मचारी र त्यसपछि ८५ वर्ष भन्दा माथिका मानिस र सो भन्दा कम उमेर भएकाहरुको क्रमस पालो आउने घोषण गरेको छ ।
खोपले कसरी काम गर्छ ?
कोरोना खोप जेनेटिक रुपमा परिवर्तन गरिएको रुघा लाग्ने भाइरस हो जसले ‘चिम्पान्जी’ लाई असर गर्दछ । यसले मानिसको शरीरलाई कोरोना भाइरसबाट सुरक्षा प्रदान गर्दछ र कोरोना भाइरसको ब्लुप्रिन्टलाई मेमोरीमा राख्छ जसलाई स्पाइक प्रोटिन भनिन्छ ।
मानिसको शरीरमा उक्त ब्लुप्रिन्ट एक पटक बसेपछि त्यसले कोरोना भाइरसको स्पाइक प्रोटिन बनाउन शुरु गर्छ । यसलाई शिरिरको रोगप्रतिरोधात्मक प्रणालीले खतराको रुपमा पहिचान गर्दछ र नष्ट गर्न प्रयास गर्दछ । जब शिररमा वास्तविक कोरोना भाइरस प्रवेश हुन्छ तब रोगप्रतिरोध्त्मक प्रणालीले यसलाई नष्ट गर्दछ ।
फाइजर र मोर्डनाको ९५ प्रतिशत प्रभावकारी खोपपछि अक्सफोर्डको ७० प्रतिशत सुरक्षित खोप निराशाजनक रुपमा हेरिएको छ । पछिल्लो महिना ५० प्रतिशत भन्दा अधिक प्रभावकारी कुनैपनि खोपलाई नयाँ आशाको रुपमा हेरिएको थियो । अक्सफोर्डको खोप फ्रिजको तापक्रममा पनि राख्न मिल्ने प्रकारको छ जसको कारण यसलाई विश्वको कुनैपनि कुनामा वितरण गर्न मिल्छ । फाइजर र मोर्डनाको खोपलाई संरक्षण गर्न कम तापक्रमको आवश्यकता हुन्छ ।