काठमाडौं – भारतले कोरोना भाइरस संक्रमणविरुद्ध विकास गरेको खोप ‘कोभ्यास्नि’ को आज (शुक्रबार) तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण (ट्रायल) शुरु हुँदैछ ।
भारतको प्रख्यात औषधी निर्माता कम्पनी भारत वायोटेकलाई केन्दिय औषधी मानक नियन्त्रण संगठनले मानव परिक्षण गर्न अनुमति दिएको छ । भारत बायोटेकले कोरोना विरुद्व पहिलो औषधी कोभ्याक्सिन निर्माण गरेको हो ।
त्यसको पहिलो डोज हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले लगाउँदै छन् । भातरीय जनता पार्टीका नेता ६७ वर्षीय उनले शुक्रबार अम्बालास्थित सिभिल अस्पतालमा परीक्षण खोप लगाउने जानकारी गराएका छन् ।
उनले बिहीबारै ट्वीटरमा लेखेका छन्, ‘म शुक्रबार ११ बजे अम्बाला क्यान्टस्थित सिभिल अस्पतालमा पीजीआई रोहतक र स्वास्थ्य विभागका विशेषज्ञको निगरानीमा बायोटेकले बनाएको कोरोनाविरुद्धको कोभ्याक्सिनको परीक्षण डोज लिनेछु ।’ अम्बाला क्यान्टका विधायक अनिल विजले भनेका थिए, ‘हरियाणामा कोभ्याक्सिनको तेस्रो चरणको परीक्षण नोभेम्बर २० (आज) शुरु हुन्छ ।’