Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

वासिङ्टन – अमेरिकामा कोरोना भाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो ।

घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ ।

अमेरिकाको नियामक निकायको रुपमा रहेको खाद्य तथा औषधी सम्बन्धी कार्यालयले यसलाई कोरोनाभाइरस नियन्त्रणका लागि एउटा महत्वपूर्ण कदमको रुपमा लिएको छ । अहिले प्रारम्भिक चरणमा यो विधिलाई सिमित ठाउँमा र सिमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरुले जनाएका छन् ।

प्रयोगका लागि अनुमती दिइएको औषधी क्यालिफोर्नियाको औषधी उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो । विरामी आफैंले नाकबाट स्वाव परीक्षण गर्न मिल्ने र औषधी प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएका स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् तर परीक्षणको नतिजा प्राप्त गर्न लामो समय पर्खिनु पर्दछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया