आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टायता थप १४४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा हालसम्म कुल संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आजको पीसीआर ६७३१ रहेको छ । यससँगै नेपालमा हालसम्म १६२३७५४ जनाको नमूना पीसीआर परीक्षण भएको छ । हाल क्वारेन्टिनमा ९१० जना रहेका मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये २८८७८ जना सक्रिय संक्रमित छन् । आज ३५३८ जना निको भएसँगै हालसम्म १८२७८० जना संक्रमित निको भएका छन् । यसैबीच गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको १ २५९ पुगेको छ ।

तपाईको प्रतिक्रिया