आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको ज्यान गएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट १२४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ ।

आज देशभर थप ५०२ कोरोना संक्रमित थपिएका छन् । यससँगै हालसम्म मुलुकमा कुल २१११४७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मुलुकभर हाल ३०९८६ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् । आज २८७८ जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या १७९२४२ जना पुगेको मन्त्रालयको दाबी छ । हाल १००३ जना क्वारेन्टिनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया