आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

मस्को – मस्कोस्थित कोरोना अस्पतालमा भाइरस संक्रमणको कारण गम्भीर स्थितिमा पुगेका साथै आफ्नो जीवनको लागि संघर्ष गरिरहेका मानिस र कोरोना संगको संघर्षमा हार भएका मृत मानिसको बीच केवल एक फुट दुरी छ ।

रसियास्थित अस्पतालको अवस्थाको बारेमा सार्वजनिक गरिएको भिडियोमा वृद्ध मानिसहरु आफ्नो सास फेर्नको लागि निकै कठिन अवस्थामा पुगेका र प्राय संक्रमितको मृत्यु भएर अस्पताल भरिएको दृश्यले त्यहाँको गम्भीर स्थितिको बारेमा प्रष्ट पार्दछ । अधिक संक्रमितको मृत्युको कारण लासहरु प्लास्टिकमा प्याक गरेर राखिएका छन् र नयाँ संक्रमितलाई भर्ना गर्न अस्पतालमा ठाउँ खाली छैन । रसियाली डाक्टरहरुको संगठनका एक सहकर्मी भन्छन्, ‘यो हाम्रो रातिको अवस्था हो र यो निकै भयानक स्थितिमा पुगिसकेको छ ।’

उनले भने, ‘दुई जना मृत मानिस तल वार्डमा छन् तर हामी कोरोना भाइरसको अगाडी केही गर्न सक्दैनौं, कोभिड-१९ ले सबैको ज्यान लिदैछ ।’ अस्पतालबाट बाहिरिएका भिडियोहरुमा मृत मानिसहरुलाई नग्न अवस्थामा एकमाथि अर्को थुपार्दै चिसो भुइँमा राखिएको छ र उक्त दृश्यहरु कुनै युद्धकालमा हुने अस्पतालको अवस्था जस्तै दिखिन्छ ।

रसियाले भने कोरोना महामारी नियन्त्रणमा रहेको दावा गर्दै आएको छ तर वास्तवमा महामारीले भयानक रुप लिएको छ । कतिपय भिडियोमा सरकारी तथ्यांक भन्दा पनि अधिक मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । रसियाले नोभेम्बर १६ सम्ममा ३३ हजार मानिसको मृत्यु भएको आधिकारिक जानकारी सार्वजनिक गरको थियो तर विश्लेषकहरुको अनुसार तथ्यांकमा भन्दा पनि अधिक मानिसको मृत्यु भएको छ ।

रसियाका पुर्व सरकारी गणितीज्ञ एलेक्सी रक्षा भन्छन्, ‘सरकारी तथ्यांकको अनुसार मलाई लाग्छ कि करिब एक लाख ३० हजार मानिसको कोरोनाको कारण मृत्यु भएको छ, महामारीको कारण मृत्यु दर पनि बढ्दै गएको छ र सरकारी तथ्यांक भन्दा निकै धेरै छ ।’ स्थानीय रेजिस्टरको तथ्यांक विश्लेषण गर्दै रक्षा भन्छन्, ‘अप्रिल देखि नोभेम्बर सम्ममा करिब एक लाख ६० हजार देखि एक लाख ७० हजार सम्मको मृत्यु भइसेकको छ र पश्चिमी मुलुकहरुले अनुमान गरको भन्दा करिब ८० प्रतिशत मानिसलाई कोरोना संक्रमण भएको छ ।’

अप्रिलदेखि सेप्टेम्बर सम्ममा रसियाका अधिकारीहरुले एक लाख १७ हजार संक्रमित भएका तथा २१ हजारको मृत्यु भएको बताएका छन् । रोस्ट्याटमा अक्टोबर देखि नोभेम्बर सम्म कुनै पनि जानकारी उपलब्ध छैन र देशको कोरोना भाइरस प्रतिक्रिया केन्द्रहरुमा महामारी व्यापक फैलिएको देखिएको छ ।

रक्षाले रोस्ट्याटको कोरोना भाइरस संक्रमणको गणना तथा मृत्युदरको तथ्यांक राख्ने प्रणालीलाई सार्वजनिक रुपमा आलोचना गर्दै तथ्यांक बाहिर ल्याएपछि जुलाई महिनाबाट काम छाडेका थिए । उनी भन्छन्, रसियाले राख्ने सरकारी तथ्यांक र उनले गणना गरको तथ्यांकमा ठुलो भिन्नता आउनुको कारण रसियाले कोरोना संक्रमितको वेवास्ता गर्नु हो । रक्षा भन्छन्, ‘पहिलो चरणका कोरोना भाइरसका संक्रमितहरुको मृत्यु भइसकेपछि मात्र पुष्टि भएको थियो र त्यस पछि को तीन चरणको महामारीको तथ्यांक सरकारसंग छैन ।’

रसियाली स्वास्थ्य मन्त्रालय देखि स्वास्थ्य निकायहरु तथा रोस्ट्याटले यस बारेमा केही बताएका छैनन् । रसियाको गणना प्रणाली विश्व स्वास्थ्य संगठनको निर्देशन भन्दा भिन्न रहेको छ र कोरोना संक्रमित भएको पुष्टि हुनलाई उनीहरुमा अन्य रोग हुनुहुँदैन मतलब कोभिड-१९ को बिरामीको गणना तब हुन्छ जब उनीहरुलाई अने अरु कुनै रोग नरहेको पुष्टि हुन्छ । महामारीसंगको लडाई र देशको गम्भीर अवस्था हुँदा पनि रसियाले एउटा आसाको किरण भेटेको छ ।

त्यो हो स्पुटनिक-५ कोरोना खोप । अगष्ट महिनामा रसियाके विश्वको सबै भन्दा पहिलो कोरोना खोप बनाएको घोषणा गरेको थियो । तर निकै आलोचना भएको उक्त खोपलाई विश्वका अन्य वैज्ञानिकहरुले भने अनुमति दिएका छैनन् । अहिले स्पुटनिक-५ कोरोना खोप तेश्रो चरणको परिक्षणमा रहेको छ । मस्कोमा रहेको विश्व आइस-स्केटिङ प्रतिस्पर्धाको स्टेडियम, ‘आइस प्यालेस’ लाई कोरोना उपचार अस्पताल बनाइएको छ जहाँ १३ सय सैया रहेको छ ।

कोरोना अस्पतालका प्रमुख चिकित्सक, डा एन्ड्रे स्खोडा भन्छन्, ‘महामारीको अवस्था निकै गम्भीर छ तर व्यस्थापित छ , हामीसंग, अल्ट्रासाउण्ड, एनेसथेसिया तथा भेन्टिलेटर जस्तो सबै उपचार यन्त्रहरु छन् ।’ स्केटिङको स्कोर बोर्ड अहिले कोभिड-१९ बिरामीलाई फिल्म देखाउन प्रयोग भएको छ । अस्पतालका प्रमुख डाक्टर भन्छन्, ‘अस्पताल पूर्णरुपमा डिजिटल भएको छ र हरेक बिरामीको हातमा क्युआर कोड सहितको ब्रेसलेट लगाइएको छ जसमा उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारीको लिंक हुन्छ ।

उनले भने, ‘यो उच्चस्तरीय उपचार व्यवस्था हो ।’ यस अस्पतालको अवस्था गर्दा देशको कोरोना महामारीको नियन्त्रण, स्वास्थ्य सेवा, अस्पतालको तथ्यांक सार्वजनिक भएको भिडियो फुटेज, सरकारी तथ्यांकको गहिरो अध्ययन र स्वास्थ्यकर्मीले बताएको भन्दा निकै भिन्न छ । पछिल्लो महिना सरकारले स्वास्थ्य सेवा थप गरेको बताएको थियो ।

उप प्रधानमन्त्री तटयाना गोलीकोभाले सबै भन्दा प्रभावित क्षेत्रहरु मध्य पाँच स्थानमा सरकारी अस्पतालमा सैया थप गरेको र त्यहाँ ९५ प्रतिशत बिरामीले भरिएको बताएका थिए । रसियाको दक्षीणपश्चिम साराटोभ क्षेत्रका एक एम्बुलेन्स ड्राइभर भन्छन्, ‘अस्पतालमा अवस्था नियन्त्रण बाहिर छ । डाक्टरहरुले सास फेर्न कठिन भएका वृद्ध संक्रमितहरुलाई भर्ना गर्न मान्दैनन् र उनीहरुलाई अस्पतालमा राख्नुपर्ने कुनै आवस्यकता नरहेको बताएका छन् किनभने उनीहरुको लागि अस्पतालमा ठाउँ खाली छैन ।’ अस्पतालमा कार्यरत कर्मचारी भन्छन्, ‘अवस्था गम्भीर भएको छ र अस्पतालमा लास राख्ने ठाउँ बाँकी छैन, यो सबै एक डरलाग्दो भुतको चलचित्रको दृश्य जस्तै भएको छ ।’ -एजेन्सी

तपाईको प्रतिक्रिया