आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौँ – कोरोनाबाट दुई जना चिकित्सकको निधन भएको छ । संक्रमित बिरामीहरुको उपचारको क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुनिल झा र डा. नारायणबहादुर थापाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुन् भने यस्तै डा. थापा नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष रहेको मन्त्रालयले जनाएको छ । डा. झाको सोमबार बिहान र डाक्टर थापाको आइतबार राति निधन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार दुइ डाक्टरहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको जनाउँदै समवेदना प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया