आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – एउटा अमेरिकी कम्पनीले कोरोना भाइरसविरुद्धको एउटा खोपले करिब ९५ प्रतिशत प्रभावकारीता देखाएको दाबी गरेको छ । अमेरिकी औषधी उत्पादक कम्पनी मोडेर्नाले सोचेको भन्दा राम्रो नतिजा निस्केको दाबी गरेको छ ।

तर उक्त औषधीको अन्तिम नतिजा आउन केही महीना लाग्ने न्यूयोर्क टाइम्सले जनाएको छ । सम्भवत: वसन्त ऋतुभन्दा पछि मात्रै यो सार्वजनिक हुनसक्ने बताइएको छ । यसअघि अर्को औषधी उत्पादक कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिनले ९० प्रतिशत प्रभावकारीता देखाएको दावी गरेको थियो ।

मोडेर्ना कोरोना भ्याक्सिनमा उच्चतम सफलता प्राप्त गर्ने दोस्रो कम्पनी हो । यसअघि फाइजरले बीयोनटेक सँग मिलेर ९० प्रतिशत प्रभावकारीता भएको भ्याक्सिन बनेको बताएको थियो । विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस संक्रमणको भ्याक्सिन अन्य १० वटा कम्पनीले पनि काम गरिरहेका छन् । त्यसमध्ये कतिपय कम्पनीका उत्पादनहरू तेस्रो चरण किल्निकल ट्रायलमा काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया