आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ५ करोड ४४ लाख नाघेको छ भने १३ लाख १९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ४४ लाख ११ हजार ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १३ लाख १९ हजार ४४६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ७९ लाख ४० हजार ७०५ जना कोरोना मुक्त भएका छन् ।

यसैगरी प्रभावित देशको सूचीमा ५१ औं स्थानमा रहेको जापानमा संक्रमितको संख्या १ लाख १४ हजार नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार कुल संक्रमितको संख्या १ लाख १४ हजार ९८३ पुगेको छ भने तीमध्ये १ लाख १ हजार ९८९ निको भएका छन् । १ हजार ८८० जनाले ज्यान गुमाएका छन भने अहिले संक्रिय संक्रमितको संख्या ११ हजार ११४ छ ।

जापानले विदेशीहरूका लागि अक्टोबर १ देखि प्रवेशमा सहज बनाएको छ । यद्यपि पर्यटक आवागमनलाई भने अझै अस्वीकार गरिएको छ । तर पनि पछिल्लो समयमा जापानमा कोभिड १९ का संक्रमितहरुको संख्या भने बढ्दो रहेको देखिएको छ ।

तपाईको प्रतिक्रिया