Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

टोकियो – जापानमा पछिल्लो केही समयदेखि निरन्तर कोरोना भाइरसका संक्रमित बढिरहदा ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । जापान मेडिकल एसोसिएसनले यो संक्रमणको तेस्रो छालको शुरुवात भएको बताएको छ ।

सम्पूर्ण विश्वलाई ठूलो क्षति पुर्‍याइरहेको कोरोना भाइरसले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र इटली जस्ता अन्य देशहरू भन्दा जापान र दक्षिण कोरियामा संक्रमणले कम मानवीय क्षति पुर्याएको निर्विवाद तथ्य हो । यद्यपि सावधानीमा ध्यानहिन हुन सक्ने अवस्था भने छैन ।

हुन त प्रत्येक देशको परीक्षणको दयारा यति फरक छ कि हामीले केवल मृत्यु र मृत्युदरले क्षतिको तुलना गर्न सक्दैनौं । प्रत्येक देशको संक्रमण चरणहरू धेरै फरक हुन्छन् । चिकित्सा प्रणाली र तयारी अवस्था पनि फरक छन् । यसका अतिरिक्त जापानमा संक्रमणको परीक्षण पनि आश्चर्यजनक रूपमा कम रहेको छ । जसले गर्दा लक्ष्यण नदेखिएका कैयौ संक्रमित मानिसहरु जापानको हालको कुल संक्रमितको तथ्यांकमा समावेश नभएको हुन सक्ने देखिन्छ ।

तैपनि जापानको वर्तमान अवस्थामा हेर्दा संक्रमित बीच हुने मृत्युको प्रतिशत हालै सम्म २ प्रतिशत जति थियो, तर अब ३ प्रतिशत पुग्न लागिसकेको छ ।

जापानका अधिकारीहरूले बिहीबार मुलुकमा हालसम्मको सबैभन्दा उच्च दैनिक संख्यामा संक्रमण पुष्टि भएको जनाएका छन् । बिहीबार देशभरमा १६३४ संक्रमित भेटिएका छन् ।

जापानभर कोरोना भाइरसको संक्रमण र मृत्युदर बढेपछि यहाँका स्थानीय अधिकारी र स्वास्थ्य मन्त्रालयले संक्रमण फैलदै गए अवस्था भयाभव हुने चेतावनी दिएका छन् ।

सार्वजनिक स्वास्थ्यमा विशेषज्ञ तथा डब्ल्यूएचओ महासचिवका एक वरिष्ठ सल्लाहकार प्रोफेसर केन्जी शिबुयाको अनुसार जापानमा संक्रमणबाट हुने क्षतिको चरम बिन्दु आउदै गरेको बताएका छन् ।

Professor Kenji Shibuya

तसर्थ हामीले कोरोना संक्रमण नियन्त्रणका आवश्यक उपाय आवलम्बन गरि चरम बिन्दुको लागि तयार हुनुपर्दछ ।

तपाईको प्रतिक्रिया