आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – फलहरूमा केरा त धेरैलाई मन पर्छ । यसलाई शरीरलाई ऊर्जा दिन्छ । केराको नियमित सेवनले गम्भीर बिरामीबाट हामीलाई बचाउँछ ।

पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका रोगबाट बचाउँछ ।

कालो दाग लागेको केराको बोक्रा हेरेर हामी कुहिएको होला भन्ने अनुमान गर्दै खाँदैनौं तर तिनमा नै धेरै लाभदायक तत्व लुकेको हुन्छ । केरा मजाले पाकेको लक्षण हो यस्तो कालो दाग । यसरी राम्ररी पाकेको केरा खाँदाका फाइदाहरू जानिराखौं

– बोक्रामा कालो दाग हुने गरेर पाकेको केरा खाँदा तपाई क्यान्सर रोगबाट बच्न सक्नुहुन्छ । जापानमा गरिएको एक अध्ययनले यो तथ्य पत्ता लागेको हो । पूर्ण रुपमा पाकेको केरा, जसको बोक्रमा कालो दाग हुन्छ, टीएनएफ नाक तत्वले भरिपूर्ण हुन्छ । उक्त तत्वलाई ट्यूमर नेक्रोसिस फेक्टर पनि भनिन्छ । यो तत्वले शरीमा क्यान्सर उत्पादन गर्ने ब्याक्टेरियासँग लड्छ ।

– केरा पाकेसँगै त्यसमा एन्टी–अक्सीडेन्ट तत्वको स्तर पनि बढेर जान्छ । यो तत्वले तपाईको प्रतिरक्षा तन्त्रलाई अधिक बलियो बनाउँछ । यो तत्वले सेता रक्तकोष निर्माणमा पनि योगदान पुर्याउँछ ।

– बोक्रामा कालो दाग देखिने गरी पाकेको केरामा प्राकृति शर्कराको मात्रा धेरै हुन्छ । यसले रगतमा शर्कराको मात्रालाई बढाउन मद्दत पुर्याउँछ । यद्यपि मधुमेह रोगबाट पीडित व्यक्तिले भने यो केरा खाँदा होस पुर्याउनु पर्छ ।

– यस्तो केरा पोषक तत्वले भरपूर पनि हुन्छ । किनकी जस्तै केरा परिपक्व हुँदै जान्छ, त्यसमा रहेको पोषक तत्वको मात्रा पनि आठ गूणाले बढेर जान्छ । यसप्रकारले पूर्ण रुपमा पाकेको केरा (जसको बोक्रामा कालो दाग हुन्छ) बाट तपाईले भरपूर मात्रामा पोषक तत्व प्राप्त गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया