आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौँ – चुरोट पिउनु आफ्नै जिन्दगीसँग खेलवाड गर्नु जस्तै हो । चुरोटको लत छिटै लाग्छ तर छोड्न भने त्यति सजिलो छैन । शुरूमा आफ्नो साथीसँग बसेर एक दुई पटक चुरोट पिउने बानीले बिस्तारै चुरोटको अमली बनाउँछ । केही वर्षसम्म त चुरोटले शरीरमा खासै केही असर देखाउँदैन तर एक समय यस्तो आउँछ, चुरोटको खराब असर देखिन शुरू गर्छ ।

त्यसपछि अमल लागेको व्यक्तिले सयौंपटक चुरोट छोड्ने कसम खान्छ, सयौंपटक कोशिस गर्छ, केही पटक छोड्छ पनि । तर चुरोट छोड्नु जति गाह्रो उसलाई केही लाग्दैन । चुरोट पिउन छुटाउन धेरै संस्थाहरूले काम पनि गरिरहेका छन् तर छोड्नेको संख्या भने बढेको छैन ।

यसलाई कसरी छोड्न सकिन्छ ? हामीले यहाँ केही सामान्य उपायहरू उल्लेख गरेका छौं ।

१. विहान उठेर शारीरिक व्यायाम गर्नाले चुरोट पिउने तलतललाई कम गर्छ । विहान आधा घण्टा हिंड्ने या जिम गर्ने या अन्य शारीरिक कसरतपछि फलफूल लिने कामले शरीरमा निकोटिनको प्रभावलाई कम गर्ने वैज्ञानिकहरूले बताएका छन् ।

२. चुरोट पिउन छोड्ने नै हो भने योगा पनि प्रभावकारी उपाय हुन सक्छ । योगाले ध्यान अन्तै मोड्ने काम गर्छ, जसबाट चुरोटको तलतल मेटिन्छ । यसका साथै डान्स क्लास र अन्य व्यस्त हुने उपायहरू पनि अपनाउन सकिन्छ ।

३. चुरोट छाड्नकै लागि भनेर खैनी, गुट्खा या अन्य अम्मल शुरू गर्नु ठीक हुँदैन । यस्ता कतिपय कुराहरू चुरोट भन्दा पनि हानिकारक हुन सक्छन् । बरू निकोटिनको तलतल लागेमा निकोटिन युक्त चुइगम या डाक्टरको सल्लाहमा अन्य प्रक्रियाबाट निश्चित डोज निकोटिन लिन सकिन्छ ।

४. चुरोट छोड्नका लागि परिवारसँग समय बिताउनु अत्यन्तै महत्त्वपूर्ण छ । चुरोट खाने साथीहरूको संगत छोड्नुपर्छ । नयाँ साथी बनाउने, नयाँ ठाउँमा घुम्न जाने र कुनै नयाँ कामको थालनी गर्नाले चुरोटको तलतल मेटाउन सहयोग पुग्छ ।

तपाईको प्रतिक्रिया