आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या ३३०९ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर ३३०९ जना कोरोना संक्रमित थपिएका हुन् ।

हालसम्म जम्मा संक्रमितको संख्या ११२९२३ पुगेको छ ।

काठमाडौँ उपत्यकामा जना १८७८ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १५७० भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना संक्रमित थपिएका छन ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३६,९११ छ । यसमध्ये संस्थागत आइसोलेसनमा ६७८० र होम आइसोलेसनमा ३०१३१ जना संक्रमित रहेका छन्।

२४ घण्टामा पीसीआर परीक्षणको संख्या १३१४४ रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३८४४ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित १४४८७८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।

आईसीयूमा उपचाररत संक्रमितको संख्या ३७९ र भेन्टिलेटरमा ७८ जना संक्रमित छन् ।

२४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ३० रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या १०३४ पुगेको छ ।

तपाईको प्रतिक्रिया