आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण नेगेटिभ आएका यात्रुलाई विदेशमा धमाधम पोजेटिभ देखिन थालेको छ । यसको मार भने यात्रु बोकेर विदेश उड्ने वायुसेवालाई परेको छ ।

पछिल्ला केही दिनयता हङकङ, दुबई, नारिता (जापान)लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा समेत सम्बन्धित गन्तब्यमा पुगेपछि पोजेटिभ देखिएको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसले नेपालमा हुने परीक्षणको विश्वसनीयतामा समेत प्रश्न उठेको छ ।

कोभिड संक्रमित ल्याएको भन्दै नेपाल एयरलाइन्सलाई सम्बन्धित देशका निकायहरुले सचेत गराउनुको साथै कतिपय उडान गर्नसमेत रोक लगाएको छ । यसले एयरलाइन्सलाई प्रतिवन्ध हुँदा आर्थिक र प्रतिष्ठानमा समेत आँच आउन लागेको भन्दै नेपाल एयरलाइन्सले चिन्ता समेत व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया