आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ । यससँगै मुलुकमा हालसम्म कोरोनाबाट ज्यान जानेको सख्या १००४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो २३ जनाको कोरनाबाट ज्यान गएको थियो ।

मुलुकमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै देशभर हालसम्म कोरोना संक्रमित हुनेको संख्या १७९६१४ पुगेको छ ।

मन्त्रालयका अनुसार आज ३१४२ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १४११३४ पुगेको छ ।

मुलुकमा हाल ३७४७६ जना सक्रिय संक्रमितहरू रहेका छन् । साथै १२७७ जना क्वारेन्टिनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया