आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

विराटनगर – विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड -१९ अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान उनीहरुको २० मिनेटको अन्तरालमा मृत्यु भएको हो ।

अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले धरान १५-का ६३ वर्षीय पुरुष र विराटनगर ११ का ४९ वर्षीय पुरुषको मृत्यु भएको बताए । मंगलबार बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको हो ।

१४ कात्तिकमा भर्ना भएका विराटनगरका पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो भने २७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।

तपाईको प्रतिक्रिया