आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – अमेरिकाका वैज्ञानिकले सास फेर्दैपिच्छे कोरोना भाइरस निस्क्रिय बनाउने (मार्ने) अर्थात् एन्टिभाइरल लेयर भएको मास्क बनाएका छन् । यस मास्कले कोरोना भाइरसलाई निस्क्रिय बनाउन सक्ने र संक्रमण फैलाउने खतरा कम गर्ने वैज्ञानिकको दाबी छ । अमेरिकास्थित नर्थ-वेस्टर्न युनिभर्सिटीले त्यस्तो मास्क बनाएको हो ।

एन्टिभाइरल मास्क बनाउन वज्ञानिकले नबुनिएको कपडाको व्यवस्था गरे र त्यसमा यस्तो रसायन हाले, जसले सास फेर्दा निस्किने स–साना छिटामा रहेका भाइरसलाई निष्क्रिय पार्छ । यसले गर्दा संक्रमितले सास फेर्दा हावामा कोरोना भाइरस फैलिन नपाउने वैज्ञानिकको दाबी छ । दैनिक भास्करबाट

तपाईको प्रतिक्रिया