आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २४ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाका सिकिस्त बिरामी र मृतकको संख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको देखिएको छ । आइतबार मात्रै कोरोनाबाट २३ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरो संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १७६५०० जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज ३१५० जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमित भएर निको हुनेको संख्या १३७९९२ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ३७५२४  रहेको छ भने क्वावरेन्टिनमा २११९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया