आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – नेपालमा विगत २४ घण्टामा २८२४ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उक्त अवधिमा कोभिड-१९ का कारण २३ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १३,०२३ जनाको पीसीआर परीक्षण गर्दा २,५०८ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । योसँगै लसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३७,७६५ रहेको छ जसमध्ये संस्थागत आइसोलेशनमा ६७७९ जना र बाँकी ३०,९८६ जना घरमै रहेका छन् ।

तपाईको प्रतिक्रिया