Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नेपाली पर्यटन उद्योग धराशायी भएको बेला भारतमा जन्मिएकी एक नेपाली बुहारीले बनाएको भिडियो एकाएक भाइरल बन्यो । नेपाल घुम्न जाने सातवटा कारण शीर्षकको सो भिडियो नेपाली पर्यटन क्षेत्रका लागि देबदूत नै बन्यो । नेपाल र भारतबीच सम्बन्ध केही चिसिएका बेला भारतमा जन्मिएर नेपालसँग जोडिएकी युवतीको यो भिडियोले धेरै नेपालीका भावनामा छोयो ।

एक प्रकारले गुमनाम रहेकी मानसी अग्रवाल सो भिडियोका कारण अहिले चर्चामा हुनुहुन्छ । उहाँले नेपाल पर्यटन क्षेत्रलाई नयाँ फरक शैलीबाट बनाएको ८ मिनेटको भिडियो सार्वजनिक गरे संगै उहाँको भिडियो भाइरल बनेको छ । उहाँले बनाएको भिडियो देश विदेशमा रहेका नेपालीलगायत विदेशी नागरिकले हेरिरहेका छन् । उहाँको भिडियोलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि शेयर गर्नु भएको थियो ।

उहाँले नेपाल चिनाउन बनाएको फरक भिडियोले गर्दा नै विदेशबाट नेपाल घुम्न आउन इच्छा गर्नेहरुले आफूलाई सामाजिक संजाल, फोनलगायत विभिन्न माध्यमबाट सोध्नेहरुको संख्या बढिरहेको मोटिभेशनल स्पीकर अग्रवाल बताउनुहुन्छ । उहाँ नेपालका धेरै ठाउँको भ्रमण गरिसक्नु भएको छ ।

पोखरा, चितवन, नगरकोट, हेटौडा, विराटनगर लगायतका क्षेत्र घुमी सक्नुभएको छ । इच्छा रहँदारहँदै पनि समयको अभावले आफू घुम्न जान नपाएका रारा, मुस्ताङ, डोल्पालगायत देशका विभिन्न ठाउँमा चाँडै नै जाने सोच बनाएको अग्रवाल बताउनुहुन्छ ।

उहाँको आगामी योजना र कसरी नेपालको पर्यटन क्षेत्रमा लागेर काम गर्दै हुनुहुन्छ भन्ने विषयमा गोरखापत्र अनलाइनले गरेको कुराकानीमा आधारित भिडियो माथि हेर्न सक्नुहुनेछ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया