Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्बई हाइकोर्टले धरौटीमा छाडेको छ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा हिरासतमा रहेकी अभिनेत्री रियालाई बम्बई हाईकोर्टबाट बुधबार जमानत मिलेको छ। तर रियाका भाइ शौविक चक्रवर्तीको जमानत अपिल भने अदालतले खारेज गरेको छ ।

यसअघि मंगलबार विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्टका अनुसार रिया चक्रवर्तीको न्यायीक हिरासतको समय अक्टूबर २० सम्म बढाएको थियो ।
उनीहरुलाई सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा कथित ड्रग्स एंगलका विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले गिरफ्तार गरेको थियो।

बम्बई हाईकोर्टले ग्रेटर मुम्बईभन्दा बाहिर जानका लागि रियाले अनुसन्धान अधिकृतलाई जानकारी दिनु पर्ने बताएको छ।

यसका साथै उनलाई आफ्नो पासपोर्ट बुझाउन भनिएको छ भने अदालतको आदेश बिना देशभन्दा बाहिर जान पाइने छैन।

अदालतले सुशान्त सिंहको घरमा काम गर्ने सैमुअल मिरान्डा र दिपेश सावन्तलाई पनि जमानत दिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया