शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौं – २०७२ सालको भूकम्पमा भत्किएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर राखिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार बिहीबार गजुर प्रतिस्थापनको काम भएको हो ।

गजुर प्रतिस्थापन भएसँगै आउँदो भाइटीकामा मन्दिर खुल्ने उनले जानकारी दिए । रानी पोखरीको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्रै खोल्ने परम्परा छ । भाइटीकाको दिन दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबिहिनीले त्यहाँ गरेर टीका लगाउने चलन छ ।

२०७२ सालको शक्तिशाली भूकम्पले मन्दिर भत्किएपछि भाइटीकाको दिनसमेत मन्दिर खुलेको थिएन । सीएम तुलसी कन्स्ट्रक्सन जेभीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम गरेको हो ।

सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग गएको असार २४ गते मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्पदाविद मानन्धरका अनुसार बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनर्निर्माण भएको छ ।

तपाईको प्रतिक्रिया