बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १४ असोजसम्मको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितहरूको संख्या ७७ हजार ८१७ पुगेको छ । यीमध्ये पछिल्लो २४ घण्टामा १ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् ।

मुलुकमा बुधबारसम्ममा कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ भने कोरोनाबाट ५६ हजार ४२८ व्यक्ति निको भएका छन् । कोरोनाका कारण १४ असोजसम्ममा मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । हाल मुलुकमा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।

१४ असोजसम्ममा होम असोलेसनमा रहेका कोरोना संक्रमितको संख्या १० हजार ८०४ छ । संस्थागत आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या भने १० हजार ८७ छ । यो तथ्यांक अनुसार संस्थागतभन्दा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या बढी देखिएको छ ।

होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या सबैभन्दा बढी वागमती प्रदेशमा ६ हजार ५५५ छ, भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा १४८ छ ।
होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या प्रदेश–१ मा १ हजार ५०५, प्रदेश–२ मा ५७७, गण्डकी प्रदेशमा ४८९, प्रदेश–५ मा १ हजार २६५ र कर्णाली प्रदेशमा २६५ छ ।

तपाईको प्रतिक्रिया