बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौँ – दक्षिण कोरियामा कार्यरत एक नेपालीको आईतबार सुतेकै अवस्थामा मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ५ घर भई हाल कोरियामा कार्यरत अर्जुन राई रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए।

मृतक राई ख्वाङ्जुमा कार्यरत थिए। मृतकका सहोदर दाई कोरियामा नै रहेकाले परिवारलाई जानकारी भईसकेको बताईएको छ।घटनाको विषयमा दूतावासलाई जानकारी गराई आवश्यक प्रकृया पुरा गरेपछि शव नेपाल पठाईने बताईएको छ।

तपाईको प्रतिक्रिया