मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

तीमध्ये २९८ जना काठमाडौं उपत्यकाका हुन् । काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना गरी उपत्यकामा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । संक्रमितमध्ये २१ हजार ४१० जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २२८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया