मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौँ – भारत र चीनबीच सीमा क्षेत्रमा फेरी झडप भएको छ । भारत सरकारले पूर्वी लदाक क्षेत्रमा चीनले सीमाको बारेमा बनेको सहमति उलंघन गरेको आरोप लगाउदै चिनियाँ सेनाको घुसपैठलाई असफल बनाएको दाबि गरेको छ ।

भारतीय सेनाले एक बयान जारी गर्दै सीमा क्षेत्रको पेंगोग त्सो झीलको दक्षिणी किनारामा चिनियाँ सेनाको घुसपैठ भएको र त्यसको जवाफमा भारतीय सेनाले जवाफ दिदै चिनियाँ सेनालाई पछाडी पठाएको बताएको छ ।

साथै भारतीय सेनाले कुराकानीबाट सीमामा तनाव कम गर्ने र एकता बनाउन भारत प्रतिबद्ध रहेको तर आफ्नो क्षेत्र् को रक्षा गर्न उतिकै रुपमा दृढ रहेको उल्लेख गरेको छ ।

भारतीय समाचार एजेन्सी पिटीआइका अनुसार अहिले ब्रिगेड कमाण्डर तहमा पछिल्लो तनावलाई कम गर्न चुसुलमा फ्ल्याग मिटिंग’ भइरहेको छ । २९ अगस्तको राति यो घण्टा भएको भारतीय सेनाले उल्लेख गरेको छ ।

यस अघि ग्वालन भ्यालीस्थित लदाखमा गत जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप हुदा भारतका सैनिक अधिकृतसहित २० जना सैनिकको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया