Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – चिनिया भिडियो एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु माथि लगाएको प्रतिवन्धलाई चुनौति दिन कानुनी कारवाही चलाउने भएको छ । ट्रम्पले जारी गरेको कारोवार प्रतिवन्ध माथिको कार्यकारिणी आदेशको कारण टिकटकको मालिक बाइटड्यान्सले सेप्टेम्वर देखि कारोवार गर्न पाउने छैन ।

वासिंगटनका अधिकारीहरु यस कम्पनीले अमेरिकन युजरहरुको डाटा चिनिया सुरकारलाई उपलब्ध गराउने हुनाले राष्ट्रिय सुरक्षामा खतरा आउनसक्ने आरोप लगाउँदै आएको छ । तर बाइटड्यान्सले यो आरोपको खण्डन गर्दै आइरहेको छ । अमेरिकामा यस सर्ट भिडियो – सेयरिंग एपका ८ करोड युजर सक्रिय छन् ।

टिकटकले विगत एक वर्ष देखि ट्रम्पको सरकारसंग सम्पर्क राख्ने प्रयास गर्दै राख्दै आएको तर प्रक्रियाको अभाब महशुस भएको तथा सरकारले सत्य तथ्यमा ध्यान नदिएको जनाएको छ । टिकटकका प्रवक्ताले ट्रम्पको कार्यकारिणी आदेशलाई न्यायिक प्रणाली मार्फत चुनौति दिनु बाहेक अरु विकल्प नरहेको र यसै साता भित्रै यो काम शुरु हुने बताएका छन् ।

गत शुक्रवार राष्ट्रपति ट्रम्पले सामाजिक संजाल एप विच्याट विरुद्ध जारी गरेको यस्तै प्रकारको आदेश विरुद्ध एउटा चिनिया –अमेरिकी समुहले पनि छुटै मुद्धा दायर गरेको छ । विच्याट चिनियाँ फर्म टेन्सेन्टको स्वामित्वमा रहेको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया