Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – कोभिडको महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदुपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप प्रेमिल हालै सार्वजनिक गरियो ।

गीतकार रमेश काफ्लेले सानै देखि गीत रचनाको क्षेत्रमा कलम चलाउदै आए पनि यो नै पहिलो सार्वजनिक गरिएको गीत हो । यस अलवा अन्य गीतहरु पनि रेकर्डिङ्ग भईसकेको हुँदा चाँडो बजारमा आउने नै छन्।

सार्वजनिक भएको ‘तिम्ले मलाई बुझेनौ भने’ बोलको गीत सुमधुर स्वरका धनि गायक प्रताप दासको स्वर, चर्चित संगितकार राजकुमार बगरको संगीत, संजिब बराइलीको संयोजनमा बजारमा आएको छ । यस गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । ओएसआर डिजिटलको आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा चलचित्रका चर्चित नायक आकाश श्रेष्ठ र मोडल योगिता दाहालको अभिनय रहेको छ ।
भिडियो निर्माण कार्यमा उत्सब दाहालको क्यामरा, सम्पादन विष्णु खड्का (आर्यन) तथा शुभम भुजेलको कोरियोग्राफी रहेको छ । भिडियोको सहायक निर्देशक साइव्रत आचार्य हुन् । संक्रमणको अवस्थामा सीमित व्यक्तिहरुको उपस्थिति गराई भिडियो निर्माण गरी कोभिड १९को प्रकोपबाट आजित दर्शकहरुलाई यस्तो गीत तथा भिडियोले सांगीतिक मनोरन्जन प्रदान गर्नेछ भन्ने कुरामा गीतकार तथा निर्माता विश्वस्त रहेका छन् ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया