Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

टोकियो – मौसम परिवर्तनसँगै हिजोआज धेरैमा, घाँटी दुख्ने, घाँटी खस्खसाउने, खानेकुरा निल्न अप्ठ्यारो हुने, घाँटीभित्र रातो हुने जस्ता समस्या देखिने गर्दछ ।

हाम्रो मुखको पछिल्लो भागमा रहेको एक जोडी अण्डाकार मासुको डल्लोजस्तो अंगलाई टन्सिल भनिन्छ । यो मुखको भित्री भाग तथा जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा हुन्छ ।

यसले अंगले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

समान्यत घाँटीमा अप्ठ्यारो महसुस हुँदा टन्सिल भएको हो कि भन्ने बुझ्दछौ र सामान्य रुपमा लिने गर्दछौ । तर टोकियोमा एक २५ वर्षीय महिलाको त्यस्तै घाँटी दुखेर जचाउने क्रममा ३८ मिलि मिटर (डेढ इन्च) लामो र एक मिलिमिटर चौडाईको राउन्डवर्म फेला परेको छ ।

टोकियोको सेन्ट ल्यूक्स अन्तर्राष्ट्रिय अस्पताल  (聖路加国際病院) मा जचाउन गएकी ती महिलाको देब्रे टन्सिलबाट डाक्टरले जिवितै कालो लामो राउन्डवर्म निकालेका छन् ।

उक्त राउन्डवर्म nematode roundworm नामक परजीवी भएको र यो राउन्डवर्म कांचो माछा मासुमा पाइने विभिन्न प्रजाति  मध्ये एक भएको बताइएको छ ।

ती महिलाका अनुसार उनले केहि दिन अगाडी जापानी खाना सासिमी खाएकी थिइन । कांचो माछाको प्रख्यात जापानी परिकार सासिमीबाट नै महिलामा राउन्डवर्म आएको डाक्टरको भनाइ छ ।

सीएनएनका अनुसार यसरी कांचो माछा मासुबाट परजीवी मानिसको शरीरमा प्रवेश गर्ने घटनाक्रममा वृद्धि देखिदै गएको छ ।

प्राय: जापान जस्ता कच्चा वा नपकाएका समुद्री खाना र अन्य कांचो मासु खाने प्रचलन भएको देशहरुमा यस्ता समस्या भेटिने गरेको छ ।

गत २ वर्ष अगाडी पनि जापानमा एक व्यक्ति चिकेन सासिमी खाएर राउन्डवर्मबाट संक्रमित भएका थिए ।

 

 

 

 

तपाईको प्रतिक्रिया