नयाँदिल्ली – भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको मानिसमा परीक्षण शुरु भएको छ । भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजका अनुसार शुक्रबार भारतको पीजीआई रोहतकमा उक्त खोपको मानिसमा परीक्षण शुरु गरिएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
भारत बायोटेक कम्पनीले निर्माण गरेको उक्त खोप यसअघि मुसा र खरायोमा परीक्षण गरिएको थियो । उक्त परीक्षण सफल भएको बताइएको छ । यो परीक्षण सफल भएपछि अहिले मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण शुरु भएको हो ।
यो परीक्षणमा सहभागी मानिसहरुमा खोपको कुनै पनि किसिमको नराम्रो प्रभाव नदेखिएको स्वास्थ्यमन्त्री अनिलले बताएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले समग्र विश्वभर फैलिएको छ । भारतमा मात्र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ०२, २०७७
प्रकाशित समय: २२:०९:०२