Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) फैलिएको आशंकापछि समुदायमा गरिएको परीक्षणमा तीन जनामा मात्र कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा चार हजार ८ सयको समुदायमा गरिएको परीक्षणमा तीन जनामा कोरोना देखिएको जानकारी दिएका छन् । उनका अनुसार तीन जना भेटिएका कोरोना संक्रमित पनि दुई जना विदेशबाट आएका र एक जना ब्युटीपार्लर सञ्चालन गर्ने व्यक्ति रहेका छन् । जु

न नतिजाबाट पनि स्थानीय कोरोना संक्रमण भएर समुदायमा कोरोना भाइरस नफैलिएको जानकारी दिए । संक्रमणको संख्या घट्दैमा कोरोना जोखिम नघटेको उनले जानकारी दिए । उनले भने, ‘विभिन्न अध्ययनहरुले बढी भिडभाड हुने स्थानमा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने देखिएको छ ।’

विभिन्न सार्वजनिक स्थलहरुमा भिडभाडहरु बढ्दा मन्त्रालय चिन्तित भएको उनले जानकारी दिए । कोरोनाबाट बच्न दुई मिटर टाढा बस्ने, पटक–पटक हात धुने र भिडभाडमा जाँदा अनिवार्य मास्क लगाउन उनले सबैलाई अनुरोध गरेका छन् । उनले कोरोनाविरुद्धको लडाइ अझै जारी नै रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया