Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – अमेरिकामा ट्रायल गरिएको कोरोनाको पहिलो भ्याक्सिनले प्रतिरक्षा प्रणालीमा निकै फाइदा गरेको नतिजा निस्किएको छ । अमेरिकी भाइरल रोग विशेषज्ञ एन्थोनी फाउचीलाई उदृत गर्दै एएफपीले यो भ्याक्सिनले उत्साहाजनक काम गरेको उल्लेख गरेको छ ।

फाउचीले जति काट छाट गरेर हेरे पनि यो राम्रो खबर भएको बताएका छन् । नेशनल इन्स्टिच्युट अफ हेल्थ र मोडेरेना इन्क मिलेर डाक्टर फाउचीकै सहकर्मीहरुले यो भ्याक्सिन विकसित गरेका हुन् । जुलाई २७ मा यो भ्याक्सिनको ३० हजार जनामा ट्रायल गरिने भएको छ । यस परिक्षणबाट यो भ्याक्सिनले कोरोना संक्रमितलाई ठिक गर्न सकिन्छ या सकिदैन भन्ने पत्ता लाग्ने बताइएको छ ।

मंगलबार मात्र ४५ जनामा गरिएको ट्रायलमा यो भ्याक्सिन दिइएका स्वयं सेवकको शरीरमा न्युट्रलाइजीङ एन्टी बडी विकसित भएको पाइएको छ । यो एन्टीबडी इन्फेक्सन रोक्न महत्वपूर्ण हुने गर्दछ । २८ दिनसम्मको अवधिमा यस्तो परिणाम आएपछि अब यो भ्याक्सिनको तेस्रो चरणको ट्रायल हुने भएको हो ।

यस भ्याक्सिन निर्माणको नेतृत्व गरिरहेकी डाक्टर लीसा ज्याक्सनले अहिले अहिलेसम्मको अध्ययनले यो भ्याक्सिनले इन्फेक्सनबाट बचाउन सक्ने देखिएको छ तर अझै ग्यारेन्टी दिएर भन्न नसकिने बताएकी छन् । उनले एउटा नया भ्याक्सिन निर्माणको गतिलाई हेर्ने हो भने यो रेकर्ड स्पिड हो । यस सालको अन्त्यसम्ममा यसको ट्रायल सकिने उनले बताएकी छन् ।

यो रिपोर्ट सार्बजनिक भएपछि यस भ्याक्सिन निर्माणमा संलग्न मोडेरना इंकको अमेरिकी सेयर बजारमा मुल्य १५ प्रतिशतसम्म बढेको बताइएको छ । अमेरिकाको म्यासचुसेटसको क्याम्ब्रिजस्थित यो कम्पनिको सेयर यस बर्ष मात्र चार गुणा बढेको बताइएको छ ।

अबको यो भ्याक्सिनको तेस्रो चरणको ट्रायल ३० हजार जनामा गरिन लागेकोले कोरोनाविरुद्धको भ्याक्सिन बन्नेमा ठुलो आशा पलाएको विश्लेषण भएको छ । यसअघि बेलायतमा अक्सोर्ड युनिभर्सिटीले बनाएको भ्याक्सिन अन्य भ्याक्सिन भन्दा अगाडी रहेको थियो ।

तपाईको प्रतिक्रिया