बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – जापानमा कोरोनाभाइरसको खतराका कारण बन्द गरिएका गतिविधिहरुलाई पुनः सुचारु गर्न थालिएसंगै टोकियो डिज्नील्याण्ड पनि जुलाई १ देखि सतर्कतापूर्व सुचारु भएको छ  ।  कोरोनाभाइरसको जोखिम अझै पनि उत्तिकै रहेकाले डिज्नील्याण्ड भित्र जुन सुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ ।

सतर्कता र सन्तुलनलाई ध्यान दिदै डिज्नील्याण्ड बिहान ८ बजे देखि राति ८ बजेसम्म खुल्ने छ ।

डिज्नील्याण्ड भित्रका अधिकांश मनोरन्जनात्मक कार्यक्रम र इलेक्ट्रिकल परेडहरू भने बन्द नै रहनेछन् ।

प्रवेश गर्नको लागि मास्क अनिवार्य गरिएको छ भने प्रवेश गर्दा आगन्तुकहरुको तापक्रम नाप गरिने छ ।

हिजो बुधबारबाट संचालनमा आएको डिज्नील्याण्डका एक कर्मचारीले परिस्थिति हेरेर पार्क भित्रका सबै मनोरन्जनात्मक पक्ष बिस्तारै खोल्ने बताएका छन्  ।

तपाईको प्रतिक्रिया