बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो – हिजो शनिबार जापानभर ६४ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै जापानमा कोरोना संक्रमितको संख्या १८  हजार ९३३ र संक्रमणबाट ज्यान जानेको संख्या ९६७ (डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहित) पुगेको छ ।

शनिबार सबैभन्दा बढी संक्रमित टोकियोमा भेटिएका छन् ।

टोकियोमा शनिबार मात्र ३९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । भेटिएका ३९ जना संक्रमित मध्ये १८ जना रात्रिकालीन मनोरञ्जनस्थलसँग सम्बन्धित मानिसहरु रहेका छन् ।

त्यसैगरी हिजो ओसाकामा ६ जना, खानागावामा ५ जना, साइतामामा ४ जना, होक्काइदो ३, चिवामा २ जना,  इबाराकीमा २ जना, क्योटोमा १ जना, आइचीमा १ जना र गिफुमा १ जनामा संक्रमण देखिएको छ ।

अहिलेसम्म जापानमा १६  हजार ७३५ जना उपचारपछि निको भएका छन् भने उपचाररत मध्ये ६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

तपाईको प्रतिक्रिया