बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो – जापानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या घटिरहेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमा बुधबार दिनभरिमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ सय ७७ जनाको सफल उपचारपश्चात निको भई घर फर्किएका छन् ।

बुधबार टोकियोमा ५ जना, ओसाकामा ३ जना, खानागावामा १८ जना, होक्काइदोमा १ जना, साइतामामा ५ जना र अन्य प्रिफेक्चरहरुमा गरि ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बिहिबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या १६ हजार ४ सय ३३ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या १७ हजार १ सय ४५ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमितहरुमध्ये १२ हजार ४ सय ९७ जना संक्रमणमुक्त भइसकेका छन् ।

जापानमा हालसम्म कोरोना भाइरसका कारणले ७ सय ८४ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित ७ सय ९७ जनाको मृत्यु भएको छ । ***

तपाईको प्रतिक्रिया